कम्युनिस्ट एक भए पनि फरक पर्दैन तर कांग्रेस एक नहुँदा के होला?

“क्षेत्रीय सभापति:गुरुङ घेराबन्दीमा
२०७४ बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि लमजुङमा यतिखेर सबै दल उम्मेदवारी छनौट गर्न ब्यस्त देखिन्छन, उम्मेदवारी छनौटकै क्रममा विभिन्न पार्टीमा भागबण्डा, गुटबन्दी आदि चलेको सुन्न सकिन्छ, तेसै गरि पछिल्लो समयमा नेपाली कांग्रेस भित्र पनि उम्मेदवारी छनौटमा नेताहरूको दादागिरी चल्ने गरेको गुनोसो पोख्दै कार्यकर्ताहरु चिन्तित भएका छन। यतिखेर कांग्रेस भित्र टिकट बितरणको अन्तिम चरणमा पुग्दै गर्दा द्वन्द पनि बड्दै गएको छ।

बिशेश गरि सदरमुकाम बेसीशहरमा उम्मेदवारी बन्नका लागि क्षेत्रीय समितिबाट शिफारीस भएका ८ जना मध्ये क्षेत्रीय सभापति बृषराज गुरुङ माथी जिल्लाका श्र घेराबन्दी सुरु भएको छ, लमजुङ जिल्लामा युवा नेताको रूपमा चर्चा कमाएका गुरुङलाई कुनै पनि हालतमा उम्मेदवारी स्वीकार नगर्ने पक्षमा नेताहरु पुगेको कार्यकर्ताहरु बताउछ्न। कार्यकर्ता र जनता माझ अति लोकपृय गुरुङलाई नेपाली कांग्रेसमा भुमिका बिहिन बनाउन बारम्बार नेताहरुले घेराबन्दी गर्ने गरेको पाइन्छ, ठिक तेसै गरि गुरुङ समुदायको नेतृत्व कांग्रेसको राजनीतिबाट स्थापित हुने डरका कारण नेताहरु जिल्ला सभापति भेष बहादुर पौडेललाई उम्मेदवार बनाएर क्षेत्रीय सभापति गुरुङलाई पखा लगाइ घेराबन्दी गर्ने रणनीति अख्तियार गरेको बुझिन्छ, बिचारमा स्पष्ट भएका गुरुङ आफुले उम्मेदवारी पाउँदा निर्वाचन जितेर देखाउने दाबी गर्छन्।

तर नगर क्षेत्र भित्र गुरुङको राम्रो प्रभाव भएता पनि नेताहरु भने आफ्नो जबर्जस्त निर्णय लाद्न तयार छन , जिल्लामा हुने नेताहरुको गोप्य भेटघाट र छलफलले पनि गुरुङलाई अहिले पाखा लगाउने र सभापति पौडेललाई उम्मेदवारी बनाइ तह लगाउने निर्णयमा पुगेको कुरा नाम नभन्ने शर्तमा एक महासमिती सदस्य बताउछन् , प्रतिभा भएका यूवालाइ कांग्रेसको राजनीतिमा बुढापाकाले खेद्ने गरेको गुनासो गर्दै एक सदस्यले भने यी दुबै यूवा नेता पौडेल र गुरुङ लमजुङ कांग्रेसको सकृय जुझारु नेता भएकाले शिर्षस्थ नेताबाट द्वन्दको बीउ रोपिनु राम्रो नहुने बताए।



यसमा तपाइको मत