भरतपुर २७ को वडा अध्यक्ष्यमा राप्रपाबाट पिताम्बर अर्याल

चितवन, १६ बैशाख ।
देशैभर स्थानिय निर्वाचनको सरगर्मी बढिरहेका बेला राप्रपा चितवनले भरतपुर महानगर पालिका २७ मा विकासप्रेमी युवा उम्मेदवार पिताम्बर अर्यालको नेतृत्वमा चुनावी दौडमा उत्रने निर्णय गरेको छ । भूमिसुधार तथा ब्यबस्था मन्त्रि माननीय बिक्रम पाण्डेको चुनावी क्षेत्र अन्तरगत पर्ने सो वडालाई राप्रपाको गढका रुपमा हेर्ने गरिन्छ ।

२०२२ साल बैशाख २० गते भरतपुर २७, साबिक मेघौली ९ बुद्धनगरमा जन्मनु भएका अर्याल बिद्यार्थी कालदेखि बाम-कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । २०३७ सालमा कम्युनिस्ट पार्टीको सदस्य हुँदै विभिन्न राजनैतिक आन्दोलनहरुमा क्रियासिल अर्याल २०५४ सालको स्थानिय निकाय निर्वाचनमा तत्कालिन मेघौली गाबिस वडा नम्बर ९ बाट भारि मतले वडा सदस्यमा बिजयी हुनुभयो ।
तत्कालिन स्थानिय पार्टी नेत्तृत्वको कार्यशैलीबाट असन्तुस्ट बन्नु भएका उहाँ एमाले पार्टीबाट अलग हुँदै राप्रपाको नीति कार्यक्रम मन पराएर विकासप्रेमी नेता बिक्रम पाण्डेबाट प्रभावित भई २०५७ सालमा रास्ट्रीय प्रजातन्त्र पार्टी प्रबेस गर्नु भयो । उक्त समय देखि उहाँ पार्टीमा सक्रिय भई विभिन्न जिम्मेवारीहरु निर्वाह गर्दै आउनुभएको छ । दोस्रो संबिधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ५ मा माननीय बिक्रम पाण्डेको जित सुनिस्चित गर्न अग्रणी भूमिका निभाउने मध्ये अर्याल पनि एक हुनुहुन्छ ।

लामो समय देखि स्थानिय शिक्षा, स्वास्थ्य, खानेपानी, सडक-पुल निर्माण लगायतका बिकास निर्माणका गतिविधिमा जनतासंग हातेमालो गर्दै आएकाले थप बिकास चाहने सम्पुर्ण जनताले आफुलाई मत दिनेमा बिस्वस्त रहेको अर्याल बताउनु हुन्छ ।
उक्त वडामा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने जानकारहरु बताउछन । कांग्रेसबाट गोबिन्द तामाङ चुनावी दौडमा छन् भने एमालेले ढनडु राज गुरुंगलाई प्रतिस्प्रधामा उतारेको छ ।



यसमा तपाइको मत