एन आर एन आयरल्याण्डको एस्तो रह्यो डब्लिनमा बुद्ध जयन्ती र शान्ति र्याली ! (फोटो फिचर सहित)

०७/०५/२०१७  डब्लिन को ओकनल स्ट्रीट मा एन आर एन आयरल्याण्डले आज  बुद्ध जयन्तीको अबसरमा एक र्याली को  आयोजना गरेको थियो |

जती टाढा भयो यो मनत मेरो नेपाली हो भन्ने चरितार्थ हुनेगर्छ बिदेशमा बस्ने नेपालीका  हकमा चाहे त्यो बर्मा बस्ने नेपाली हुन या थाईल्याण्ड , इजरायल , भारत , यूरोप, अमेरिका या ऑस्ट्रेलिया | जहा भए पनी, त्यसमा पनी भारतले बुद्ध भारतमा जन्मेको दुष्प्रचार प्रचार गरिरहदा हामीले एक सचेत नागरिक भएकै कारण पनी सामाजिक दायित्व पनी हो जन चेतना गराउने| शान्तिका प्रतिक गौतम बुद्ध को आज २५६१ औं जन्म जयन्तीको शुभ उपलछमा एन आर एन आयरल्याण्ड ले एक शान्ति र्याली को आयोजना आयरल्याण्ड को राजधानी दब्लिनमा गरेको थियो | स्थानीय सरकारको पूर्ण साथ सहयोगका साथ यो र्याली ओकनल स्ट्रीट बाट सुरु भई डेम स्ट्रीट हुदै टेम्पलबार स्क्वायरमा आयर बिसर्जन भएको थियो | बिभिन्न संघ संस्थाका प्रतिनिधि जस्तै नेपाल आयरल्याण्ड समाज, नेपाल आयरल्याण्ड जनजाति संघ , चितवन समाज आयरल्याण्ड , जनसम्पर्क समिति आयरल्याण्ड , नेपाल पर्यटन बोर्डका स्थानीय प्रतिनिधिहरु दिपेसमान शाक्य , गणेश प्रसाई ,एभरेस्टनेपाल ,  नेपाली भाषा तथा संस्कृत का शिछक- बिद्धार्थी , अभिभाबक लगायत, डब्लिन बाहिर बाट समेत  सयौ को संख्यामा  बाक्लो उपस्थित रहेको नेपाली हरुको उक्त शान्ति र्याली हज्जारौ हज्जारले अबलोकन गरिरहेका थिए |

उक्त र्याली मा बुद्ध धुन , प्ले कार्ड , फ्लायर , नेपाल पर्यटन बोर्डको ब्यानर र नेपाली रास्ट्रीय झन्डा सहित नेपाली भेस भूषामा सजिएका  नेपालीहरुको सहभागिता अत्यंत आकर्षक छदैथियो | पर्यटन प्रबर्धन का लागी समेत कोसेधुंगा हुने यो कार्यक्रममा पर्यटन ब्यानर, फ्लायर आदि को समेत बेबस्था गरिएको थियो| एस कार्यक्रमको नेपाली दुताबास लंडनका अधिकारीले समेत प्रशंसा गरेका थिए |

एन आर एन का महासचिब अच्युत गैरे ले कार्यक्रम अत्यंत रोचक भएको बताउनु भएको थियो भने आयोजक का तर्फ बाट अन्त्य मा एन आर एन आयरल्याण्डका अध्यछ राजन काफले ले उपस्थित सबैलाइ कार्यक्रम सफल बनाऊन सहयोग  गर्नु भएकोमा धन्यवाद  दिनुभएको थियो |

Image may contain: 11 people, people standing, crowd, wedding and outdoor

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 3 people, outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: 9 people, people standing

Image may contain: 2 people, outdoor

Image may contain: 12 people, outdoor

Image may contain: 11 people, people standing

Image may contain: 12 people, people smiling

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 18 people, people smiling, people standing, crowd and outdoor

Image may contain: 5 people, people standing

Image may contain: 6 people, people standing and outdoor

Image may contain: 9 people, people smiling, outdoor

Image may contain: 3 people, people standing and outdoor

Image may contain: 5 people, people standing and outdoor

 



यसमा तपाइको मत