कोर्क नेपाली समाज आयरल्याण्डले आयोजना गरेको फूटबल प्रतियोगिता भब्य रुपमा कोर्कमा सम्पन्न ।

कोर्क , आयरल्याण्ड|
 
कोर्क नेपाली समाजको आयोजनामा  भयको 7 A side फूटबल प्रतियोगिता भव्य रुपमा कोर्क सहरमा सम्पन्न भयको छ । डब्लिन , कोर्क र लिम्रिक्क का ६ वटा टीम सहभागी भयको खेल मा एभरेस्ट फूटबल क्लब, डब्लिन ले आयजोक कोर्क लाई ६ – ३ को गोल अन्तरले पराजित गर्दै विजयी भयो । तेसै गरी प्रतियोगितामै सबै भन्दा धेरै गोल गर्ने खेलाडी प्रदीप श्रेस्ठ ले गोल्डेन बूट हासिल गरे भने सर्बश्रेस्ठ खेलाडीको उपाधी रीदम ढकाल प्राप्त गर्न सफल भए । उक्त अवसरमा खेल हेर्न र खेलाडीहरु लाई हौसला प्रदान गर्न  गैर आवासीय नेपाली संघ आयरल्याण्डका भूतपूर्व अध्क्षय शुक्रराज न्यौपाने, कोर्क नेपाली समाज का अग्रज धन बहादुर खत्री, दुर्गा चुवाई लगायत विभिन्न सँघ सस्था का व्यक्तित्वहरुको गहन उपस्थिति रहेको थियो| उक्त प्रतियोगीतामा विजयी खेलाडी हरुलाई शिल्ड तथा प्रमाण पत्र वितरण जनसम्पर्क समिति आयरल्याण्डका सभापती एवं गैर आवासीय नेपाली संघ आयरल्याण्डका भूतपूर्व अध्क्षय शुक्रराज न्यौपाने र कोर्क नेपाली समाज का अध्क्षय टेक नारायण पौडेलले संयुक्त रुपमा गर्नु भयको थियो । तेस्तै खेलाडी हरुलाई खेल समापन गर्दै संस्था का अध्क्षय टेक नारायण पौडेलले उपस्थि सबैलाई धन्न्यबाद ज्ञापन गर्नु भयको थियो । सम्पन्न यस प्रतियोगिता को सम्पुर्ण व्यवस्थापन प्रतियोगिता सम्योजक कृष्ण जी सी तथा चमन राना , कृष्ण भण्डारी , सागर थापा , सीमा सुवेदी , राज न्यौपानेको सकृयता मा सम्पन्न भयको थियो।



यसमा तपाइको मत