एनआरएनएको सचिवमा सन्तोष भट्टराई !

 गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने आठौं बिश्व सम्मेलन तथा नयाँ कार्य समिति चयनको महाअधिबेशनमा जर्मनी निवासी सन्तोष भट्टराईले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन अभियानमा लागेर सेवा गर्ने मनसाय बोकेका भट्टराईले सचिव पदमा उम्मेदवारी घोषणा गर्दै सहयोगका लागि विश्वभरका एनआरएनहरुलाई आग्रहसमेत गरेका छन् ।

Image may contain: 1 person, text
भट्टराईको बिज्ञप्ति 

आदरणीय अग्रज, अभियन्ताज्यूहरू,
गैरआवाशिय नेपाली मित्रहरू तथा पत्रकार बन्धुहरूमा,
नमस्कार।

गैरआवाशिय नेपाली संघको आसन्न विश्वसम्मेलन र अधिवेशनमा नेपाल आउनुहुने सबै प्रतिनिधि, पर्यवेक्ष्यक तथा गैरआवाशिय नेपाली मित्रहरू लगायत समस्त नेपालीजनहरूमा आउनै लागेको विजया दशमि तथा दिपावलि लगायत सबै पर्वहरूको हार्दिक मंगलमय शुंभकामना ब्यक्त गर्दछु।

आठौं विश्वसम्मेलन सम्म आईपुग्दा एनआरएनए अब दोश्रो पुश्तामा हस्तान्तरित हुनलागेको आभाष हुन्छ, जसले गर्दा युवा पुश्ताहरूमा विशेष उत्साह बढेको छ। संघको स्थापनाको वेलाको अबधारणा र अपेक्षा भन्दा आजको आवश्यकता र संघ प्रतिको सदस्यहरू र सिङ्गो नेपाली समाजको अपेक्षा फरक विन्दुमा पुगेको छ।
परोपकारी उदेश्य सहित नेपालको समृद्धिको अभियान बोकेर १३ देशबाट शुरू भएको संस्था आज ७५ भन्दा बढि देशमा विस्तार भई सक्दा केहि महत्वपूर्ण जिम्मेवारिहरू थप हुनपुगेको छ। झण्डै ६० लाख ग़ैरआवासिय नेपालीहरूको प्रतिनिधि मूलक संस्थाको रूपमा रहेको यो अभियानका झण्डै १ लाखको हाराहारिमा रहेका पंजीकृत सदस्यहरूको ब्यवथापन, परोपकारी कामका साथसाथै संयुक्त लगानि भित्त्र्याउनु, लगानिको सुरक्षाको निम्ति पहल गर्नु, लगानिका क्षेत्रहरूको पहिचान गर्नु, सामाजिक तंथा मानवीय उत्तरदायित्व सहित सरकार, नेपाली दाजुभाई तंथा दिदी बहिनुहरूले राखेका अपेक्षाहरू प्रति लागिपर्नु, एक पटकको नेपाली सधैको नेपाली बनाउन नागरिकताका विंषयमा लागिपर्नु, अधिकारका अन्यथूप्रै मुद्दाहरूमा निरन्तर लागिरहनु र देशको आर्थिक समृद्दिको पहल गर्नु केहि मूख्य विषयहरू हुन्।

खासगरि भै परिआउने दैविक प्रकोपको वेला राज्यसंग सहकार्य गरेर एनआरएनले अग्रणी भुमिक निर्वाह गरेको छ, चाहे त्यों महाभूकम्प होस् या बाढि पहिरो होस्, आगलागि होस वा औषधिको अंभावमा देश छटपटिएको वेला होस। त्यस्तै नियोजित परोपकारी काममा पनि हामिहरू उत्तिकै लागि परेका छौ। शंखमूल पार्क, लाप्राक नमुना वस्ति वा क्रियापुत्री भवन यसका उदाहरण हुन्।

नेपाली नागरिकताको सवालमा पनि लामो समयको प्रयत्न पछि कम्तिमा ग़ैरआवाशिय नेपाली नागरिकलाई ग़ैरआवाशिय नेपाली नागरिकता दिनसकिनेछ भन्ने ब्यवस्था नेपालको संबिधानले गरेको छ। ऐन र नियमावलि लेखनमा प्राप्त अधिकारको सुरक्षा गर्दै थप अधिकारको निम्ति प्रयत्न गर्नु पर्नेछ। ग़ैर आवासिय नेपालीको परिभाषामा छुटेका मध्यपूर्वका साथिहरू र विंध्यार्थिहरूलाई समेट्ने तर्फ हाम्रो ध्यान जान ज़रूरी छ। एनआरएन ले नसमेटेको र विदेशमा भएको कारणले मताधिकारबाट पनि बन्चित मध्यपूर्वका साथिहरू सहित संसार भर छरिएर रहेका गैरआवाशिय नेपालीहरूलाई देशलाई स्थाई शान्ति र समृद्दिको बाटोमा लैजान सक्ने व्यक्तिलाई छान्न पाउने अधिकार दिलाउन सरकार संग नजिकमा रहेर संघको तर्फबाट धेरैकाम गर्न बाकि छ। पेशाको आधारमा पक्षपात गरिएका विध्यार्थिहरूलाई परिभाषामा परिमार्जन गरि परिंधि भित्र ल्याउन धेरै कसरत गर्न बॉकि छ। विदेशमा जन्मिएका नानिहरूको अधिकार र विदेशी नागरिक संग विबाह गरेका व्यक्तिहरूको भूमिकाको बारेमा पनि स्पष्ट हुन ज़रूरी छ।

च्यारिटिले मात्र देश बन्दैन भन्ने कुरामा हामि स्पष्ट छौ। त्यसैले रेमिट्यान्स पठाएर देशको अर्थ तन्त्र बचाउने व्यक्तित्वहरूलाई अधिकार दिलाउँदै बैकिङ्ग प्रथाबाट डलर भित्त्र्याउन प्रोत्साहित गर्नु पर्दछ। त्यस्तै नेपालको पर्यटनको प्रचुर संम्भावनालाई प्रबर्धन गरेर देशलाई सहयोग गर्न सकिन्छ। कला, संस्कृति र साहित्यको सम्बर्धन र प्रबर्धनको लागि पुरस्कारको ब्यवस्था गर्ने। नेपाली उत्पादनलाई प्रबर्धन गर्नुका साथै सबै ग़ैरआवासिय नेपालीहरूले समेत उपभोग गरेमा ब्यवसायिक रूपमा समेत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भनि अभिप्रेरित गर्ने। नेपाल सरकार, उध्योग वाणिज्य संघ र एनआरएनए संग सहकार्य गरि युवा उर्जलाई उध्यमशिल बनाउन स्टार्ट अप कार्यक्रमको ब्यवस्था गर्ने। मध्यपूर्वमा कामगर्ने श्रमिक साथिहरूको निम्ति तैयार गरिएको परोपकारी कोष लाई पूर्णता दिन लागि पर्ने।

निर्वाचनका समयमा देखिने केहि विषम परिस्थिति र समस्याहरूको विश्वब्यापि समाधानका लागि प्रकृयामा एकरूपता ल्याउन र नियमावलि वा निर्देशिका मार्फत ब्यवस्थापन गर्न आवश्यक देखिन्छ।

म गैरआवाशिय नेपाली संघमा २००५ देखि पंजीकृत सदस्यभई
२०११-१३ मा आईसिसि सदस्य, २०११-२०१७ नेपाली नागरिकताको निरन्तरता कार्यदलको सदस्य, २०१५-२०१७ ब्यापार तथा लगानि प्रवर्धन कार्यदलको सदस्य, २०१३-२०१७ निर्वाचन आयुक्त एनसिसि जर्मनि र लाप्राक एकिकृत नमुना वस्ति पुनर्निर्माण कार्यदलको एक स्वयंम सेवक संयोजक को रूपमा काम गरिरहेको छु। विनाशकारी महाभूकम्पमा गैरआवाशिय नेपाली संघको तर्फबाट गरिएको राहत बितरण कार्यक्रममा २ ज़िल्ला धादिङ्ग र सिन्धुलिको संयोजकको भूमिका निर्वाह गर्दै झण्डै २ महिमा नेपालमै बसि सेवागर्ने मौका पाएकोमा गर्व महशुस गर्दै सबैमा आभारी ब्यक्त गर्न चाहन्छु।

विनाशकारी महाभूकम्पको वेलामा संघको तर्फबाट गरिएको प्रतिबद्धता बमोजिमको पुनर्निर्माणको कार्यलाई सफल बनाउन पूर्ण रूपमा लागि पर्ने कुरापनि राख्न चाहान्छु।

त्यसैले हालसम्म मैले निभाउदै आएको भूमिका र उत्साहलाई पदिय दायित्व सहित निर्वाह गर्ने र तपाईहरूको भवनाहरूलाई समेत समेटेर हातेमालो गर्दै अघि बंढ्ने बाँचा सहित आगामी कार्यकाल २०१७-२०१९ को लागि गैरआवाशिय नेपाली संघ अन्तराष्टिय संमन्वय परिषदको सचिव पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दछु। मेरो उम्मेद्वारीलाई औपचारिक रूपले अनुमोदन गरि सहयोगको लागी आग्रह सहित शुभकामना दिनुहुने गैरआवाशिय नेपाली संघ जर्मनिको नवनिर्वाचित कार्यसमितीलाई विंशेष धन्यवाद दिन चाहान्छु।विश्वभरि छरिएर रहनुहुने सबै गैरआवाशिय नेपाली साथिहरूको विश्वास र अमूल्य मतको निम्ति हार्दिक आग्रह पनि गर्दछु।

धन्यवाद।
सन्तोष कुमार भट्टराई
ह्यामवर्ग, जर्मनि
+४९ १७३ ५६९ ४६ ७१
+९७७ ९८४१ ८०४ ९३९



यसमा तपाइको मत