यूरोप संयोजकमा हल्याण्डका हरि पौडेल !

Image may contain: 1 person

गैर आवासीय नेपाली संघको आठौ बिश्व सम्मेलनमा युरोप संयोजकको पदमा गैर आवासिय नेपाली संघ नेदरल्याण्ड पुर्व अध्यक्ष हरी पौडेलले घोषणा गरेका छन। गैर आवासीय नेदरल्याण्डको संस्थापक सदस्य समेत रहेका हरी पौडेल बिगत लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर कृयाशील रुपमा सक्रिय जिम्मेवारीको भूमिका निर्वाह गर्दै आईरहेका छन।

बिगत तिन दशक देखि सबपरिवार सहित नेदरल्याण्डमा रहदै आएका हरी पौडेलले गैर आवासीय नेपाली संघको अभियान बाहेक अरु पनि सामाजिक संघ सस्थाहरुमा आबद्ध भई नेपाल र नेपालीहरुको हक अधिकारको लागि सधै आवाज उठाउदै आएकाछन। गैर आवासीय नेपाली संघ नेदरल्याण्डको २००९/ २०११ को सफल कार्यकाल जिम्मेवारी पुर्वक पुरा गरेका पोडेल निरन्तर रुपमा गैर आवासीय संघ नेदरल्याण्डको अभियानमा भिनिन्न पदहरु रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन।

नेपालीको नेपाली र एकपटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तरताको लागि सधै बुलन्द आवाज उठाउने वाला हरी पौडेल गैर आवासीय नेपाली संघको युरोप संयोजकको पदमा २०१७/२०१९ कार्यकालका लागि युरोपेली क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेकाछन। गैर आवासीय नेपाली संघको आठौ बिश्व सम्मेलनमा आफ्नो उम्मेदवारीको तयारिमा जुटेकाछन।



यसमा तपाइको मत