गहना सरि देश बनोस् ! कवि :- दुष्यन्त भट्टराई 

कविता
——
गहना सरि देश बनोस्

Image may contain: 1 person
—————–
दिनमा झलमल्ल उषा छरिउन् ,
सबका दिलमा ख़ुश हाल रहुन् ।
सबका घरमा सुख बास गरोस् ,
अब यो गहना सरि देश बनोस् ।१।

कति ताल सरोवर मोहक छन् ,
बन जंगल सुन्दर द्योतक छन् ।
मन शान्त बनोस् घर शान्त रहोस् ,
अब यो गहना सरि देश बनोस् ।२।

तनले , मनले , धनले , जनले ,
सब एक भई सब साथ चले ।
कुन विघ्न बसी अवरोध गरोस् ?
अब यो गहना सरि देश बनोस् ।३।

नगरेर कुकर्म कुनै जगमा ,
सब लोक बढोस् सदभाव यहाँ ।
अगुवा सबको समभाव गरोस् ,
अब यो गहना सरि देश बनोस् ।४।

जनता अब ता उठ जाग सबै ,
बुझ लौ चुन लौ गर काम सबै ।
चिन कर्मठ पाखुरि काम गरोस् ,
अब यो गहना सरि देश बनोस् ।५।

छन्द :- तोटक
कवि :- दुष्यन्त भट्टराई
झापा, नेपाल
हाल बेलायत



यसमा तपाइको मत