उपाध्यक्ष्यमा चिरन्जीवी थापाको उम्मेदवारी घोषणा !

 गैर आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन नजिँकिदै जाँदा नयाँ नेतृत्वका आकांक्षीहरु आ आफनो एजेण्डासहित धमाधम उम्मेदवारी प्रस्तुत गर्दैछन् ।

यसैविच लामो समयदेखि जापानमा बस्दै आएका व्यवसायी, समाजसेवी चिरन्जीवी थापाले पनि केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न व्यवसायमा आवद्ध थापा २००५ देखि नै एनआरएनमा आवद्ध हुँदै आएका छन् ।

व्यक्तिगत होस या संस्थागत व्यवसायसँगै समाजसेवामा सक्रिय थापाले एक पटकको नेपाली सधै नेपाली, हाम्रो घर हाम्रै दायित्व, पुर्ननिमार्ण, सम्मानजनक वैदेशिक रोजगारीको समस्या, निराकरण र सृजना, भवन निमार्ण, भिजन ट्वान्टी ट्वान्टी, एनआरएन विशेष सहयोग कोष लगायतका एजेण्डा नै आफनो पहिलो प्राथमिकता रहेको थापाले वताए ।

एनआरएनए अभियानमा मैले जे–जति गरे त्यसलाई संस्थागत गर्न र विदेशमा रहेका नेपालीको हकहित संरक्षण गर्न शसक्त भएर लाग्ने छु । त्यस्तै विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देशमा धेरै भन्दा धेरै भित्र्याउन विशेष पहल गर्नेछु थापाले भने ।

थापाले भुकम्प, नाकाबन्दी, बाढिपहिरोले मुलुक समस्याका परेका वेला समेत व्यक्तिगत सहयोग गरेका थिए । एक पटक नेतृत्व गर्ने मौका पाए व्यक्ति भन्दा पनि संस्थालाई अग्रणी भुमिकामा राखेर काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गरेका छन् ।



यसमा तपाइको मत