एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दाबी!

गैरआवासीय नेपाली संघको महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बेल्जियम निवासी श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा आफ्नो अनुभव र सिपलाई उपयोग गर्न उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

‘स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन  एक विज्ञप्ती जारी गर्दै सचिब अर्जुन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्, ‘एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा अक्टोबरमा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।’

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियान साथ सहयोग र सदीक्षा रहने उनको भनाइ छ । श्रेष्ठ २००९ देखि निरन्तर एनआरएनएको केन्द्रीय नेतृत्वमा छन् ।



यसमा तपाइको मत