युरोप उप-संयोजकमा आयरल्याण्डबाट शुक्रराज न्यौपाने !

आयरल्याण्ड
गैर आवासीय नेपाली संघको कुम्भ मेला केहि हप्ता पछी नेपालमा हुन् गइरहेको पुर्ब सन्ध्यामा कस्तो नेतृत्व आउने भन्ने चर्चा चलिरहेको अवस्थामा आयरल्याण्डबाट यूरोप उप संयोजकमा उम्मेदवारी पर्ने भएको छ! गैर आवासीय नेपाली संघ आयरल्याण्डका पूर्व अध्यछ्यको सफल जिम्मेवारी सम्म्हाली सकेका, वर्तमान NRNA-NCC आयरल्याण्डका सम्रछयक शुक्रराज न्यौपाने यो चुनावी मैदानमा आफ्ना जोडदार कार्य योजनाका साथ अघि बढ़ेका छन्! एक बिज्ञप्ति मार्फत भनिएको छ !
Image may contain: 1 person
आदरणिय युरोप बासी अग्रज तथा नेपाली दाजुभाइ-दिदीबहिनी, पत्रकार मित्रहरु लगायत सम्पुर्ण गैर आवासीय नेपाली अभियन्ताज्यूहरुमा हार्दिक नमस्कार । हजुर हरुलाई अवगतनै होला गैर आवासिय नेपाली संघको स्थापना कालदेखि यस संस्थालाई यो उचाई सम्म ल्याउने क्रममा विभिन्न देश का गैर आवासीय नेपाली हरुको ठूलो योगदान रहेको छ र आजसम्म बिभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाल र नेपालीको हितमा अत्यन्तै राम्रा कामहरु गर्दै यहा सम्म आएको छ । येसै क्रममा यो अभियानमा म 2007 देखी गैर आवासीय नेपाली संघ आयरल्याण्डको संस्थापक, अध्क्षय 2009-2011 र वर्तमान संरक्षकको रुपमा काम गर्ने मौका मलाई मिलेको छ र मलाई गर्व छ आज यो संस्था नेपालीहरुको भरोसाको केन्द्रबिन्दु बनेको छ। यस अर्थमा, म NRNA का अग्रजज्यूहरु तथा सम्पुर्ण अभियन्ताहरुलाई हार्दिक नमन गर्न चाहन्छु। साथै काठमाडौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा यस संस्थामा रहेर काम गर्ने तीव्र ईछ्या का साथ युरोप सह संयोजकमा उम्मेदवारी दिने घोषणा गर्दै हजुरहरुको साथ, समर्थन र सहयोगको लागि विनम्र अनुरोध गर्दछु। धन्यवाद । जय NRNA! शुक्रराज न्यौपाने संरक्षक गैर आवासीय नेपाली संघ आयरल्याण्ड (उप-संयोजक युरोप उम्मेदवार)
आयरल्याण्ड निवासी शुक्रराज न्यौपाने विभिन्न संघ सँस्था र सामाजिक कार्यहरुमा समेत प्रतेछ्य सहभागी हुदै आएका छन्!



यसमा तपाइको मत