ऐजेण्डा २०२० एण्ड वियोण्ड, छलफलनै गर्ननहुने विषय होईन। 

जर्मनी;
Image may contain: 1 person, text
एउटा उखान छ, तातै खाँऊ जलि मरू। एउटा परिपक्व र ज़िम्मेवार संस्थामा यस्तो हुँदैन र हुनुपनि दिनुहुँदैन। यो कुनै आग्रह र पूर्वाग्रहको विषय पनि होईन। एउटा संस्था जो केहि बर्ष भित्रैमा यति धेरै बढेर गयोकि, जसको स्थापनाका समयमा राखिएका उदेश्य र प्राथमिकताका क्षेत्रहरू पनि परिमार्जनको संघारमा आईपुग्यो। त्यसैले संस्थालाई कसरि आत्मनिर्भर बनाउन सकिन्छ, कसरि संघले शुरूगरेका परियोजनाहरू र भवी योजनाहरूलाई समेत सहज रूपमा सम्पन्न गर्न सकिन्छ, कसरि धेरै एनआरएनहरूलाई समेटेर पंजीकृत सदस्य बनाउन सकिन्छ, कसरि संसार भरिछरिएर रहेका एनआरएनका अभियन्ता तथा यस अभियानमा निरन्तर योगदान गरिरहेका र गर्न सक्ने व्यक्तित्वहरूलाई  यस संघ भित्र सकृय सहभागि गराउन वा पदिय दायित्व सहित अभियानमा थप सक्रिय बनाुउन सकिन्छ, चुनावका समयमा देखा पर्ने विसंगति तथा विकृितीहरूलाई कसरि न्यूनिकरण गर्न सकिन्छ, परिवर्तित अवस्थामा कसरि विधानलाई समय सापेक्षिक बनाउन सकिन्छ, कसरि गैरआवाशिय नेपालीहरूलाई नेपालमा लगानिगर्न प्रोत्साहित गर्न सकिन्छ, कसरि यस्ता लगानिको सुरक्षाको प्रत्याभूति दिलाउन सकिन्छ, कसरि एनआरएनका अधिकारहरूको प्राप्ति र सुरक्षा गर्न सकिन्छ भन्ने लगायतका विषयहरूमा अब कसरि अघाडि जान सकिन्छ भनेर बहुआयामिक भिजन ल्याउनु आफैमा एउटा राम्रो पक्ष हो।

अनि अर्कों पनि उखान छ, आफ्नै घर हो भनेपनि झ्यालबाट होईन ढोकैबाट छिर्नु पर्छ। हामिले संस्थाको वृहत्तर हितको निम्ति गरिने कार्यहरू पनि पारदर्शि हुन जरूरीछ। १३ देशबाट शुरू भएको ७८ देशमा फैलिएको झण्डै हज़ार बाट शुरू भएर ७०-७५ हजारमा पुगेको पंजीकृत सदस्यहरूलाई सम्बोधन नगरी, तिनिहरूको भावना नबुंझि, हिजोको संरचना र आजको परिकल्पनामा तात्विक भिन्नता र ति दुबै अबधारणाका सकारात्मक र नकारात्मक पक्ष प्रष्ट नपारि, अवधारणा कार्यान्वयनका जटिलता वा व्यबहारिक पक्षको उल्लेख नगरि बुँदाको भरमा अधिवेशनको अनुमोदन विना ISE ले सैदान्तिक रूपमा पारित गर्दैमा यति दुरगामि निर्णय पद्धति संगत हुनसक्दैन।

अधिवेशनमा जाँदै गर्दा २ वटा कुरा मूख्य हुन्छन्। प्रचलन र प्रकृया।

एकातिर हाल सम्मका विश्व सम्मेलनमा नितिगत कुराहरू र विधानको संशोधन अर्कों बर्षको अधिवेशन देखि लागुहुने गरि गरिदै आएको छ। यस पटकको निर्वाचनमा पदहरूलाई पनि बहुपदिय प्रकृयामा लाने गरि अघिल्लो क्षेत्रीय बैठक, सम्मेलन र अधिवेशनले पारित गरेबमोजिम उम्मेद्वारहरू पनि तैयार भईरहनु भएकोछ। यति ठूलो संरचनामा पूर्व तैयारी बिना ४ दिन भित्र सबै कामहरू सम्भव हुँदैन, भने अर्कातिर अधिवेशनमा बहुमत वा सर्वसम्मत रूपमा संशोधन प्रस्ताव पारित गरि परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएपछि मात्र लागुहुने हुँदा त्यो संशोधित अवधारणा यसै पटक लागु गर्न नसकिने अवश्था स्पष्टछ।

सामूहिक नेतृत्वमा विश्वाश गर्दै संसारभरिका झण्डै ७० हज़ार पॉजिकृत सदस्य तथा ५० लाख ग़ैरआवाशिय प्रवाषि नेपालीहरूको भावनालाई समेटेर अघिबढि रहेको संस्था कसरि एक अध्यक्षलाई सर्वेसर्वा बनाएर राजा र रैतिको प्रकृतिमा अघि बढ्न सक्छ। क़रीब १४ बर्ष देखि यस संस्थाको अवधारणा अनुरूप अघि बढदै आफ्नो सिप, साधन र श्रोतलाई प्रयोग गरिरहेका सदस्यहरू जो आफ्नो अनुभव र ज्ञानले अझ यस संस्थालाई एक क़दम अघि बढाउन तैयार हुनु भएको छ, के सो अवधारणाले उहाँहरूको सम्मान हुन सक्छ। सामाजिक र पदिय अस्तित्व बिना कोहि पनि तालि बजाउन मात्रै संस्थामा समाहित हुँदैनन् भन्ने कुराको पनि हेक्का राख्नु पर्छ।

एक बलियों सचिवालय बनाई ……… उत्तम मानव श्रोतको परिचालन गर्नसकोस भन्ने कुरा कसरि परिषदका अध्यक्षनै मूल व्यक्ति भई परिषदका अन्य सदस्यले केवल उनलाई सहयोग र समर्थन गर्नेछन भन्ने कुरा सँग मेल खान्छ। फेरि परिषदका अध्यक्ष मूल व्यक्ति र सदस्यले केवल सहयोग र समर्थन गर्नेछन भन्ने शब्द आँफैमा आदेशात्मक र नकारात्मक छ।

एजेण्डा २०२० को शुरूमा हाल सम्म के परिवर्तन भयो भन्ने संम्बन्धमा लेखिएको छ, स्वेच्छाचारि राजत्नत्रको अन्त्य भई स्ंघिय लेकतान्त्रिक गणतन्त्रको स्थापना भयो। अर्थात एक व्यक्ति सर्वेसर्वा भए स्वेच्छाचारि हुनसक्छ, अनि  हामि लोकतन्त्रमा विश्वाश गर्छौ र संघियता भनेको शक्तिको बिकेन्द्रिकरणहो। यदि त्यसो हो भने यो हाम्रो संस्था त्यो प्रस्तावित अवधारणाबाट अघि बढ्न सक्दैन।

नेपाली कला, संस्कृति र पर्यटनको प्रबर्धन गर्दै देशको आर्थिक संमृद्धिमा लागी पर्ने गैरआवाशिय नेपालीहरूको प्रण के नेपाली भाषा नै छोडेर हङकङ वा सिङ्गापुरमा मुख्यालय राखेर पुरा गर्न सकिन्छ? ५० लाख नेपालको संस्था भनिरहदा नेपाली भाषा बाहेक अरू भाषालाई मूख्य भाषा मानेर जानसक्नेको संख्या कति होला? के सिङ्गापूरमा रहेको कुनै अमुक प्रकृतिको संस्थाले नेपालमा नेपालीको अधिकारको निम्ति लड्न सक्छ? हामि गैरआवाशिय नेपालीहरूलाई कसरि नेपाल संग बढि भन्दा बढि जोडेर लान सकिन्छ भन्नेमार्गमा हिडिरहेकाछौ। हङकङको मूख्यालयले यो चाहाना पुरा हुँदैन। कम्तिमा प्रत्येक २ बर्षमा हामि अधिवेशनकै लागी भएपनि नेपाल आँउछौ। थुप्रै पर्यटकहरू नेपाल भित्त्र्याएर पर्यटन व्यबसायमा सहयोग गर्ने उदेश्यमा हामिहरू पनि आँफै आन्तरिक पर्यटक बन्छौ र योगदान गर्छौ। हाम्रा कारण हामि सँग जोड़िएका विदेशि परिवारका सदस्यहरू र हाम्रा विंदेशमा जन्मिएका सन्तानहरूलाई नेपालसंग चाडपर्व, पर्यटन वा अधिवेशन लगायतका विंभिन्न बाहानामा जोड्न सफल भएकाछौ, यसलाई निरन्तरता दिईनु पर्दछ।

गैरआवाशिय नेपाली संघ गैरनाफमूलक एक परोपकारी संस्था हो, जसले आँफै ब्यापार गर्दैन। राज्यसँग सहकार्यगरि नेपालमा लगानिका प्राथमिक क्षेत्रहरूको पहिचान गर्ने, लगानिको लागि अभिप्रेरित गर्ने, लगानिको सुरक्षाको लागी पहलगर्ने जस्ता कामहरूगर्ने संस्था हो। यदि हामि विधानले दिएको दाएरा नांधेर आँफै लगानि योजना बिक्री गर्ने मंचको रूपमा रूपान्तरित हुनेहो भने हामि सामाजिक नभएर ब्यापारिक संस्था हुनपुग्ने अवस्था देखिन्छ। थुप्रै एनजीओ तथा आईएनजिओहरूले परोपकारी आयोजनाहरू संञ्चालन गर्दा ओभरहेड खर्चको कारण सहयोगको एक हिस्सा मात्र असहाय- पिडित सम्म पुग्ने हुँदा हामि सून्य खर्चमा दायित्व पुरागर्छौ र सतप्रतिसत सहयोग सम्बन्धित ठाँउमा पुर्याउँछौ भनि हिजोको दिनमा राज्यसंग सहकार्य गरि विभिन्न परोपकारी योजनाहरू संञ्चालन गर्दै आएकाछौ। अब ओभरहेड ख़र्च लिएर काम गर्ने हो भने हामि त्यो मौलिक एनआरएन नरहेर कुनै एउटा आईएनजिओ बन्ने कुरामा दुईमत नहोला।

पहिचान र गणतन्त्रको कुराबाट शुरूभएको ऐजेण्डा २०२० ले राजनीति निरपक्ष कुनै संस्था खोज्नु विरोधाभसि छ। आजको समाज राजनितिक रूपमा निरपक्ष हुनै सक्दैन, कसैले सक्रिय राजनीति गर्नु वा नगर्नु अर्कों कुरा हुनसक्ला। हाम्रा केहि मुद्दाहरू राजनिति सँग सोझै सरोकार राख्छन् भने, अरू थुप्रै विषयहरू राजनैतिक लवि बिना सम्भव नहुन सक्छन्। त्यसैले राजनितिलाई छि छि दुरदुर गर्नु भन्दा ढोकाबाहिर राख्नु पर्छ भन्ने संस्थापक अध्यक्ष उपेन्द्र महतोको भनाई नै उपयुक्त तर्क हो भन्ने लाग्छ।

यसो भनिरहदा कसैले पनि वर्तमान अध्यक्षको बिरोध गर्यो वा अरू कसैको समर्थन गर्यो भनेर नबुझ्न पनि आग्रह गर्दछु। जो फेरि आँफै यो अध्यक्षको पदमा फर्केर आउन मिल्दैन र आउदैन पनि  जसले यो संस्थालाई ४ बर्ष हाक्यो र आँफू जाने वेलामा यो ४ बर्ष र आफ्ना ब्यवसायिक जिवनका  अनुभवहरूको आधारमा कसरि संस्थालाई थप सक्रिय, आत्मनिर्भर र प्रभावकारि बनाउन सकिन्छ भनेर एउटा अबधारणा ल्याउने प्रयत्न गर्यो उसलाई अनावश्क विरोध गर्नुको पनि औचित्य देख्दिन। कसैलाई अध्यक्ष बनाएर संस्था क़ब्ज़ा गर्न खोज्यो भन्नेकुरामा पनि कुनै दमछैन। निर्वाचन प्रक्रियाबाटको अध्यक्ष चुनिन्छ कसैले भन्न सक्दैन। यो ऐजेण्डा अध्यक्षको सोचमात्र नभई अवधारणा तयार गर्ने बिज्ञको रायपनि हो, जसले यस संस्थाको मर्मलाई कम र ब्यवसायिक एनजीओ, आईएनजिओ लाई बढि बुझेको देखिन्छ।

यति हुँदाहुँदै पनि यस ऐजेण्डाका केहिराम्रा पक्षहरू पनिछन्। समय बद्लियो, परिस्थिती फरक छ, समय सापेक्षित हुनुपर्छ, प्रविधिलाई आत्मसात गर्नुपर्छ, आर्थिक आत्मनिर्भरता बिना संस्था दिगो हुँदैन, संस्थाको कार्यशैली ब्यवसायिक हुनुपर्छ, परोपकारी योजनाहरू तयगर्ने र पुरागर्न सक्ने प्रतिबद्ध टिमबन्नु पर्छ, योजनागर्ने, निर्णयगर्ने, कार्यान्वयनगर्ने र अनुगमनगर्ने परिपाटी बाटमात्र उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने लगायत निर्वाचन प्रणालि र सदस्यहरूको ब्यवस्थापनको कुराहरू महत्वपूर्ण छन्। त्यसैले यस भिजन २०२० को पूर्ण विरोध वा समर्थन भन्दापनि अधिवेशनमा खुला छलफल गरि वस्तुको गुण र दोषको आधारमा निर्णय गरेर जानु बुद्धिमानीपूर्ण हुनेछ।

सन्तोष कुमार भट्टराई

जर्मनि

सचिव पदको प्रत्याशी

ग़ैरआवाशिय नेपाली संघ

आठौं विश्वसम्मेलन २०१७



यसमा तपाइको मत