एन आर एन आयरल्याण्डले स्व. इशान प्रसाईको बारौँ पुण्यतिथिमा श्रधांजलि सभा गर्यो!

गैर आवासीय नेपाली संघ आयरल्याण्डले स्वर्गीय इशान प्रशाई स्वर्गीय इशान प्रसाईको यो अपत्यरिलो र असामयिक निधन भएको सम्झनामा एक शोक सभाको आयोजना गरेको थियो! डब्लिनको टिचर हलमा आयोजना गरेको कार्यक्रममा सयौको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ! उक्त कार्यक्रम स्वर्गीय इशानको सम्झनामा एक मिनेट मौन धारण गरि दिप प्रज्वोलन गर्दै शुरु भएको थियो ! तेसैगरी शोक सभामा गैर आवासीय नेपाली संघ आयरल्याण्ड ICC सदस्य राजन काफ्लेले शोक बक्तब्य दिनुभएको थियो! गैर आवासीय नेपाली संघ आयरल्याण्डका पुर्ब अध्यछ तथा वर्तमान सम्रछयक गणेश प्रसाईका जेठा छोरा स्वर्गीय इशान प्रसाईले हाम्रो यस नेपाली समाजमा दिएको सांगीतिक योगदानको समेत प्रसंग निकाल्नु भएको थियो ! शोक बक्तब्य दिनेहरुमा इशानका साथी केशब सापकोटा जसले उनको बाल्यकालको बारेमा बताएका थिय ! तेसैगरी गैर आवासीय नेपाली संघ आयरल्याण्डका प्रमुख सल्लाहकार गंगाराम कँडेल, सल्लाहकार चन्द्र बोम्जनले यस घटना प्रति गहिरो दुख बेक्त गर्नु भएको थियो!

 

क्लोनेथ कलेजमा प्रमुख डोनाल ओ दुलेंग ले इशानको भलादमी पन, सांगीतिक यात्राका बारेमा बताएका थिय! तेसै गरि उक्त बिध्यालयले एक दिन अधि शोक शभा समेत गरेको थियो ! उक्त शोक सभामा भिम गौतम ( काका ) र बिष्णु प्रसाईको उपस्थिति थियो ! तेसै गरि उनका क्लास शिछक टमले उनले गरेको सामाजिक कार्य जुन नेपालमा गएको भूकम्प पश्चात गरेको ५००० यूरो चन्दा संकलनको प्रसंग सहित, उनि हल्याण्ड पढने तयारीमा रहेका इशानको यो अकल्पनीय घटनाको रुममा दुख बेक्त गरेका थिय! तेसै क्रममा सिन्ज स्ट्रिट बिद्ध्यालयका  प्रमुख क्लेर केटरसन्ले घटना प्रति गहिरो दुख बेक्त गरेकी थिईन! गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यछ नवराज कोइरालाले यो असामयिक निधनले आफुलाई स्तब्ध बनाएको साथै हाम्रो यो समाज मर्माहत भएको बताउनुभयो! यस दुखद घडीमा हामीले एउटा उनको नाममा ट्रस्ट खोलि तेस्ले समाजमा केहि गरेमा मात्र उनि प्रति सच्चा श्रद्धान्जली हुने कुरा बेक्त गर्दै “इशान प्रसाई मेमोरियल ट्रस्ट” को घोषणा गरेका थिय! ट्रस्टको आफ्नो बिधान बनाई तेस्ले स्वर्गीय इशान प्रसाई जन्मेको स्थान या चाहेको अन्य ठाउमा सेवा गर्ने जानकारी दिय! कार्यक्रममा परिवारको तर्फबाट बिष्णु प्रसाईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिय ! उक्त कार्यक्रम प्रबक्ता मुकुन्द भुषालले संचालन गरेका थिय! यस क्रममा भर्खरको सानो कोपिलालाई चुडेर भगवानले पनि अन्याय गरेको सम्पूर्ण आयरल्याण्ड बासी नेपालीहरुले बताएका थिय!  



यसमा तपाइको मत