गैर आवासीय नेपाली संग LCC Carlow को गठन! अध्यछमा राम प्रसाद सापकोटा , उपध्यछमा कुमार थापा !

Image may contain: 20 people, people smiling, people standing

Image may contain: 9 people, people smiling, people standing

गैर आवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत NRNA LCC( local coordination council) Carlow गठन भएको छ! गैर आवासीय नेपाली संघ आयरल्याण्डले छेत्रीय बैठकको सिलसिलामा उक्त छेत्रीय समिति कार्लोको गठन भएको हो! छेत्रीय संयोजक शुक् मान लामाको निवासमा बेबस्थित रुपमा सम्पन्न उक्त बैठकमा स्थानीयवासी नेपालीहरुको पनि उल्लेख्य सहभागिता भएको थियो ! गैर आवासीय नेपाली संघ आयरल्याण्डको आफ्नो नियमित बैठकले समेत आफ्ना विभिन्न बिसयहरुमा छलफल गरि अनुमोदन गरेको महासचिब उज्वोल ह्युम्बाले जानकारी दिनुभएको थियो ! उक्त बैठकमा अर्थ संयोजक जंग अधिकारीले देउसी भैलो प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो!

उता उक्त नबगठित NRNA LCC Carlow को अध्यछमा श्री राम प्रसाद सापकोटा निर्बाचित हुनुभएको छ! तेसैगरी उपअध्यछमा कुमार थापा, जो निरन्तर रुपमा यस अभियानमा हुनुहुन्छ! तेसैगरी महासचिबमा दयाराम सापकोटा कोषध्यछमा सरु थापा , सदस्यहरुमा बिरेन्द्र श्रेष्ठ , सालिकराम खनाल ,लक्ष्मी थापा ,संजु लामा र पूर्ण थापा रहनुभएको छ!

Image may contain: 19 people, people smiling, people standing

उक्त अबसरमा नबगठित समितिलाई गैर आवासीय नेपाली संघ आयरल्याण्डका सम्पूर्ण पदाधिकारी लगाएत ICC सदस्य ज्यु लगाएतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए!  उक्त बैठकमा कार्लो बाहिर पोर्तलुइसबाट यम उप्रेती, सुनिता कार्की, तिपेररी बाट तेजु ज्ञवाली, सुमन गुरुङ, काजिमान श्रेष्ठ, लिमरिकबाट मुकेश घिमिरे तेसैगरी डब्लिन बाट NRNA ICC सदस्य राजन काफ्ले, अन्जु काफ्ले, उज्वोल ह्युम्बा, जंग अधिकारी , नवराज कोइराला, रबि बोगटी, अवेद्ध्य पाणी गौतम , सोबना अधिकारी, बिष्णु प्रसाई , भिम गौतम, छेत्रीय संयोजक कार्लो बाट सुकमान लामा आदिको उपस्थिति थियो! स्थानीय लेभलमा महिलाहरुलाई ससक्त गर्नका लागि महिला संयोजक अन्जु काफ्लेले स्थानीय सम्योजामा सरु थापालाई समेत जिम्मेवारी दिनुभएको र एक यूरो अभियानलाई उक्त अबसरमा समेत प्रस्ट पारीएको थियो!

विभिन्न सामाजिक संजाल मार्फत समेत उक्त छेत्रीय समितिलाई समाजका विभिन्न बेक्तीहरुले शुभकामना दिएरहेका छन् ! उक्त अबसरमा नबगठित समितिका अध्यछ राम सापकोटा तथा उपध्यछ कुमार थापाले समाजका सबै संग सहकार्य गरि समाजको समुन्नत बिकासमा लाग्ने बताउनु भयो! तेसैगरी आयरल्याण्डका अन्य छेत्रमा समेत एनआरएनको विस्तार गरिने जानकारी अध्यछ नवराज कोइराला तथा icc सदस्य राजन काफ्लेले दिनुभएको थियो!



यसमा तपाइको मत