एन आर एन स्कुल आयरल्याण्डका बालबालिकाद्वारा चित्रकला !( फोटो फिचर सहित )

गैर आवासीय नेपाली संघ आयरल्याण्ड द्वारा संचालित नेपाली भाषा तथा संस्कृति बिद्यालयमा चित्रकला कार्यक्रम भएको छ! बिद्यालय द्वारा आयोजित कार्यक्रममा विभिन्न खाले नेपाल र नेपाली सम्बन्धी राष्ट्रियता झल्कने विषयहरु दिएका थिए!

 

उक्त एक दिने चित्रकला कार्यक्रममा बिद्यालयका सुयोग खरेल प्रथम, प्रगति गौतम दितीय, हृतिका अधिकारी तृतीय भएका थिए ! साथै सान्त्वना पुरस्कार पाउनेमा उन्नति गौतम , स्वरूप काफ्ले, आरुण पौडेल , इनेश कोइराला , अन्सस उप्रेती, श्रीस्ठीका थापा ,सेरा बोगटी ,ग्रिष्म श्रेष्ठ ,शिरिष थापाले प्राप्त गरेको जानकारी बिध्यलयका मिस भगवती सुबेदीले बताउनुभयो! यस्ता गतिबिधि आगामी दिनमा पनि हुदै जाने कुरा विद्यालयका मिस सोभना पन्त अधिकारीले बताउनुभयो ! समाजका सबै अभिभावकको सकारात्मकरुपमा सहयोग भएमा बिद्यालय अरु उच्चाईमा पुग्ने कुरा अर्का शिछिका तथा समाजसेवी संजु गौतमले बताउनुभयो !

एसले साना साना बालबालिका जसलाई नेपाली कला संकृति सम्बन्धी प्रसस्त जानकारी तथा प्रबर्धन हुने देखिन्छ! यस्ताखाले गतिविधि, बिद्यालयको बिकासमा समाजका सबैको सकारात्मक साथ सहयोग चाहिने कुरा एनआरएन आयरल्याण्डका अध्यछ नवराज कोइराला बताउनुहुन्छ! तेसैगरी गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सदस्य श्री राजन काफ्लेले यस्ता कार्यक्रम र बिद्यालय विकास संगै हाम्रा साना बाल बालिकाको नेपाल र नेपाल प्रतिको भावनालाई अझ अरु प्रगाढ पार्ने बताउनुहुन्छ! उक्त कार्यक्रममा महिला संयोजक तथा स्वयम् सेवक अन्जु काफ्ले, गणेश श्रेष्ठ आदीको उपस्थिति थियो!



यसमा तपाइको मत