यस्तो गर्दैछ एनआरएनले अब

डब्लिन, ८ जनवरी।
गैर आवासीय नेपाली संघ आयरल्याण्डको चौथो नियमित बैठक सोमबार सम्पन्न भएको छ । अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा बसेको बैठक केहि महत्वपुर्ण निर्णयहरु पारित गर्दै सकिएको हो।
                  नजिकिदै गरेको नयाँ वर्ष २०७५ को अवसरमा लोकप्रिय कलाकार का साथमा नेपाली नयाँ वर्ष साँझ तथा बिबिध सांस्कृतिक कार्यक्रम मनाइने भएको छ । केहिदिन भित्रै संस्थाले एक बिज्ञप्ति मार्फत यस सम्बन्धमा थप जानकारी दिने भएको छ ।
                   यसैबीच आयरल्याण्डको सबैभन्दा ठुलो सांस्कृतिक पर्ब सेण्ट प्याट्रिक डेको अवसरमा नेपाली कला संस्कृति तथा भेसभुसा झल्कने झाँकी प्रदर्शनी गरिने भएको छ । उक्त कार्यक्रममा कोर्क, लिमरीक, ब्रे लागयतका आफुलाई पायक पर्ने मुख्य शहरहरुमा उपस्थिति जनाइदिनका लागि महासचिव उज्वल ह्योम्बाले यहाँ बसोबास गर्ने सम्पुर्ण नेपालीहरुमा अपिल गर्नु भएको छ।
             त्यसैगरी यहि जनवरी १८, बिहीबारका दिन केन्द्रिय सहकोसाध्यक्ष सोम सापकोटाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा आर्थिक बिषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । साथै सो अबसरमा विभिन्न तहमा अध्ययन गरि पछिल्लो समयमा ग्र्याजुयट भएका नेपाली बिद्यार्थी हरुलाई सम्मान एवं प्रसंशा पत्र समेत बितरण गरिने भएको हुँदा सम्बन्धित सबै बिध्यार्थिहरुलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ । सो अबसरमा कोशाध्यक्ष  जंग अधिकारिले  आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । बैठक  माउण्ट एभरेस्ट अफ काठमांडू डब्लिनमा सम्पन्न भएको थियो ।

 



यसमा तपाइको मत