आयरल्याण्डमा अन्तरास्ट्रिय महिला दिवस चारिटी कार्यक्रमका साथ सम्पन्न! (फोटो फिचर )

डब्लिन ,आयरल्याण्ड!

गैर आवासीय नेपाली संघ आयरल्याण्डले एक चारिटी डिनरको आयोजना गरि अन्तरास्ट्रिय महिला दिवस डब्लिनमा मनाएको छ ! महिला संयोजक अन्जु काफ्लेको पहलमा सम्पन्न उक्त कार्यक्रमले  नेपालमा दुर्गम छेत्रका पीडित र पिछडिएका महिला तथा निमुखा बाल बालिकालाई सहयोग हुने हिसाबले एक लाख एक रुपैया एन आर एन ICC women forum अन्तर्गत सहयोग गर्ने भएको छ।

उक्त कार्यक्रम माउंट एभरेस्ट काठमाडौँ रेस्टुरेन्ट डब्लिनमा चारिटी डिनर साथ सम्पन्न भएको थियो ! सोहि अबसरमा उक्त रेस्टुरेन्ट संचालक द्वय अभेध्य पाणी गौतम र रबि बोगटी बाट २७० यूरो सहयोग उपलब्ध गराउनुभएको थियो !

उक्त कार्यक्रममा NRNA आयरल्याण्ड अध्यछ नवराज कोइराला र  NRNA ICC सदस्य राजन काफ्लेले शुभकामना समेत दिनुभएको थियो ! सो कार्यक्रममा उपध्यछ चन्द्रकला निरौला , सह कोष्ध्यछ रबि बोगटी, महिला संयोजक अन्जु काफ्ले ,अभेध्य पाणी गौतम,  समाजसेवी सारदा पेट्क्रेव, महिला सदस्यहरु शोभना पन्त , लिना गौतम ,रशिला गौतम, शुष्मा उप्रेती लगाएतको उपस्थित थियो ! संयोजक अञ्जु काफलेले  सहयोगी र उपस्थित  सबैलाई बिसेस धन्यवाद  ज्ञापन गर्नु भएको थियो !

Image may contain: 13 people, people smiling, people sitting, table and indoor

Image may contain: 12 people, people smiling, people sitting, table and indoor



यसमा तपाइको मत