“सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र दिवस ” विषयक अन्तरकृया कार्यक्रम आयरल्याण्डको कोर्क शहरमा सम्पन्न ।

अंकित ओली, कोर्क आयरल्याण्ड

नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा “सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र ” विषयक एक अन्तरकृया कार्यक्रम गैर आवासीय नेपाली संघ आयरल्याण्डको प्रमुख आयोजनामा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ आयरल्याण्ड, नेपाली जनसम्पर्क समिती आयरल्याण्ड, कोर्क नेपाली समाज कोर्क, नेपाल आयरल्याण्ड समाजको संयुक्त सहकार्यमा आयरल्याण्डमा रहेका अन्य संघ संस्था को सहयोगमा भ्यब्य रुपमा आयरल्याण्डको कोर्क शहरमा सम्पन्न भएको थियो ! उक्त कार्यक्रमको सम्योजन तथा सभापतित्व गैरआवासीय नेपाली संघ आयरल्याण्डका सम्रक्षक तथा पूर्व अधक्ष्य एवं नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अधक्ष्य शुक्रराज न्यौपानेले गर्नु भएको थियो। गणतन्त्र दिवसको अवसर पारेर आयोजीत उक्त कार्यक्रमको बारेमा प्रस्ट पार्दै कार्यक्रम सम्योजक शुक्रराज न्यौपानेले भन्नु भयो, हामिले जन चाहना बमोजिम जहांनिया राणा सासन को अन्य गर्यौ, प्रजातन्त्र लायौ फेरि सकृय पंचायती राजतन्त्र को उदय भयो आन्दोल गर्यौ राजा सहितको प्रजातन्त्र आयो फेरि पनी राजा एकलौटी चल्ने कोशिस गरे अनि गणतन्त्र सम्म आई पुग्यौ त्यो सब सम्वृद्ध नेपालको जन चाहनाले सम्भव भयको हो । आजसम्म हाम्रा नेता गणहरूले यो वा त्यो परिस्थिती र व्यवस्थाले सम्बृद्ध नेपालको निर्माण सम्भव हुन नसकेको यथार्थ प्रस्तुत गर्दै गर्दा अब यो भन्दा अगाडि बिश्वमा कुनै व्यवस्था छैन जसले देशको विकाश र सम्बृद्धिलाई डोर्याउन सकोस । अब बाकी छ भने नेतृत्वमा ईछ्या शक्ति र क्षमताको अबिब्रिद्दि मात्रै । त्येसैले देशको सम्वृद्धिमा गैरआवासीय हामी नेपाली हरुको भूमिका ठूलो यस कारणले पनि किन छ भने हामी बिश्वका विभिन्न विकशीत मुलुकहरू बसोवास गर्छौ अनि यिनीहरू प्रगति र विकासको हामी प्रतक्ष्य साछी या भनौ सहयोगी पनी । हामीले विदेशमा आर्जन गरेको शिप , ज्ञान , अनुभव र पूँजी नेपालको बिकास एवं सम्वृद्ध नेपाल निर्माणको अभियानमा लगाउन चाहन्छौ तेसको लागी सरकारले वातावरण निर्माण गरोस हामी प्रबासी नेपाली सम्बृद्ध नेपल देख्न चाहन्छौं ।

कार्यक्रममा प्रमुख अथिति गैर आवासीय नेपाली संघ आयरल्याण्डका अधक्ष्य नबराज कोइरालाले हजारौं शहिदको वलिदानले प्राप्त संघीय गणतन्त्र नेपाल अब सम्बृद्धिको तर्फ अगाडी बड्नुको विकल्प नभएको वताउनु भयो । जसका लागि शिछ्या र भौतिक बिकाशमा तिब्र गतिशील हुनु पर्ने बताउनुभयो! देशमा रहेको व्याप्त भष्ट्राचार र कर्मचारीतंत्रमा रहेको ढिला सुस्तीको अन्त्य एवं लगानी मैत्री बातवरण बनाउन सकेको खण्डमा गैरआवासीय नेपाली हरूले अहिलेको भन्दा दुईगुणा बढ़ी नेपालमा नै गर्ने हुदा ति कुराहरुमा सरकारको ध्यानआकर्षण गराउनु भयो । साथै राजनितीक आचरणमा सुधारका साथै राजनीतिलाई पेशा होइन सेवाको रुपमा लिन लिनुपर्नेमा जोड दिनुभएको थियो !

तेसै गरी गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्व अधक्ष्य एवं अन्तरराष्ट्रिय समन्वय समिती सदस्य राजन काफ्लेले देशलाई द्रुत गतिमा सम्बृद्ध बनाउनको लागी देशको शिक्षानिती तथा सरकारी निकायको कार्यसम्पादन शैलीमा परीर्बतन को खाँचो औल्याउन भयो ।

कार्यक्रममा सम्बोधन गर्दै सम्रक्षक एव पूर्व अधक्ष्य गणेश प्रसाईले हामी सबैले आफ्नो देशमा लगानी गर्नु हाम्रो कर्तब्य हो भन्दै लगानी गर्न चाहने गैरआवासीय नेपाली लाई उत्साह जगाउन सरकारले विशेष ध्यान पुर्याउन अवश्यक रहेको बताउनु भयो ।

तेसैगरी अन्य वक्ताहरु कोर्क नेपाली समाजका अधक्ष्य टेक नरायण पौडेल , कोर्क नेपाली समाजका पूर्ब अधक्ष्य तथा गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्ब उपाध्यक्ष बसन्त न्यौपाने , कोषाध्यक्ष जंग अधिकारी , महिला समायोजक अन्जु काफ्ले, भिम गौतम, बिजय शाहनी, युवा प्रतिनिधि कृष्ण जी सी , अंकित ओली,गोबिन्द अधिकारी लगायतले हामी बिश्वको जुन कुनामा रहेपनि आफ्नो देशको सम्बृद्धि एवं विकासको लागी आफ्नो तर्फ बाट सदैव लागी पर्ने प्रण गर्दै अग्रज हरुले देशका लागी बनाउने योजनामा सधै साथ रहने विश्वास दिलाउनु भयो ।

आज सम्पन्न कार्यक्रममा कोर्क नेपाली समाजका अधक्ष्य टेक नारायण पौडेलले सबै अथिति एव उपस्थित महानुभावहरु लाई स्वागत गर्नु भयो भने संचालन गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक त्रिपाठीले गर्नु भएको थियो ।



यसमा तपाइको मत