नेपाल -आयरल्याण्ड डे को घोषणा संसद मरुन ओसुलिभनले गरिन ! उक्त मेगा कार्यक्रम सेप्टेम्बर ९ मा डब्लिनमा हुने ! (फोटो फिचर )

डब्लिन आयरल्याण्ड,

आयरल्याण्डको लागि नेपाली दुताबास लन्डन, नेपाल पर्यटन बोर्ड, नेपाल आयरल्याण्ड समाज, गैर आवासीय नेपाली संघ आयरल्याण्डको संयुक्त आयोजनामा नेपाल आयरल्याण्ड डे एहि सेप्टेम्बर ९ का दिन आयरल्याण्डको फिनिक्स पार्कमा सम्पन्न हुने भएको छ  ! साथमा ‘ Experience Nepal- Cuisine & Culture”   कार्यक्रमलाइ समेत नेपाल र आयरल्याण्डका जनस्तर सम्म पुर्याउने लछ्य रहेको छ ! उक्त नेपाल आयरल्याण्ड डे, मेगा कार्यक्रम आयरल्याण्डको फिनिक्स पार्क स्थित सु प्रसिद्ध भवन फार्मिली हाउसमा हुने उदघोष एक नेपाली साझ कार्यक्रम डब्लिनमा भएको छ !

एक बिसेष नेपाली साझ कार्यक्रममा प्रमुख अतिथि नेपाल आयरल्याण्ड मैत्री सम्बन्ध संसदीय समितिका संयोजक तथा संसद मारुन ओसुलिभनले कार्यक्रमको अनावरण गर्दै , नेपाल आयरल्याण्डको आपसी सम्बन्ध नया चरणमा बिकाश भएको प्रति खुशी बेक्त गर्नुभएको थियो ! यो संसदीय समितिले दुई देश बिचको मैत्री सम्बन्धलाइ उचाइमा पुर्याउन कुनै कसुर बाकी नराखी काम गर्ने बताउनुभयो!

सो अवसरमा नेपाल र आयरल्याण्डको मैत्री – संसदीय समिति गठन भएको प्रथम बर्षको स्मरण गर्दै Experiance Nepal अन्तर्गत Nepal Heritage Cuisine Recipe Book  अनावरण गर्नका लागि समेत आयोजना गरिएको थियो ! नेपाल पर्यटन बोर्ड अन्तर्गत Experiance Nepal को पहलमा प्रकाशित उक्त किताबले नेपाली खानाको बिश्वो ब्यपिकरण हुनेमा थप कोशेढुंगा साबित हुनेमा बिश्वस्थ बनाएको छ ! कार्यक्रममा उक्त किताब आयरल्याण्डका रेस्टुरा बेबसायीहरुलाईसमेत वितरण गरिएको थियो ! उक्त कार्यक्रममा २०१८ मा सगरमाथा चुचुरो चुम्न सफल आइरिश आरोही सुश्री लुइस माय्कवेले बडो रोचक अनि आकर्षक ढंगले आफ्नो अनुभब बाढेकि थिइन ! साथै स्थानीय ट्रेकर श्री डेरे राईसले यसै बर्ष सगरमाथा आधार सिबिर सम्म पुगेको अनुभब सुनाउदै नेपाल भ्रमण गर्न सबैलाई उत्प्रेरणा दिएका थिए ! तेस्तै नेपाली सौन्दर्यताको बखान गर्दै नेपाली मन र नेपाली पन, अनौठो नेपाली आतिथ्य, अतिथि सत्कारको खुलेर प्रसंसा गर्दै मोरा लसन , डा फिओना गलाघर र फ्रान लिन्चले आ आफ्ना नेपाल यात्रा स्मरण तथा अनुभब सबैलाई सुनाएका थिए ! कार्यक्रममा महिला तथा स्थानीय एन आर एन स्कुल नेपाली बाल बालिकाले केहि नृत्य प्रस्तुत गरि मनोरंजन दिएका थिए ! उल्लेख्य आइरिश तथा नेपालीहरुको सहभागी उक्त कार्यक्रममा नेपाली खानाको समेत आयोजकले बेबस्था गरेको कुरा बालकृष्ण श्रेष्ठले बताउनुभयो!

नेपाल पर्यटन बोर्ड द्वारा पर्यटन प्रवर्धनमा थप मजबुद बनाउन तथा नेपाली खानाको विश्व ब्यापिकरण गर्नका लागि Experience Nepal – Cuisine & Culture कार्यक्रमलाई अगाढी बढाएको बताइन्छ ! साथमा नेपाल सरकारले २०२० लाइ नेपाल भ्रमण बर्ष मनउने र लाखौको संख्यामा पर्यटन भित्र्याउने बृहत योजना बनाएको छ ! त्यो योजना साकार  पार्न तेसका लागि यो Experience Nepal कार्यक्रम थप मजबुत सहयोगी साबित हुनेछ !

नेपालीहरुको उल्लेख्य सहयोग र सहभागितामा नेपाल प्रबर्धन गर्न, नेपाल आयरल्याण्डको सम्बन्ध अझ उचाइमा पुर्यांउने नेपाल आयरल्याण्ड डे मा नेपाल र आयरल्याण्डका कलाकारहरुको अत्यन्त उत्त्साहप्रद मनोरन्जनात्मक  प्रस्तुति हुनेछ! साथमा आइरिश पर्यटकले खिचेका फोटोहरु प्रदर्सनी गरिनेछ! बालबालिका फेशन शो, तेत्तिकै रुपमा हेंडीक्राफ्ट पसल , ट्राभल एजेन्सी र केहि बायुसेवा कम्पनीले आ आफ्ना स्टल राख्ने बेबस्था मिलाएको छ ! नेपाल आयरल्याण्ड डे नेपालीहरुको ठुलो कार्यक्रमको रुपमा लिदै आइएको छ ! कार्यक्रम स्थल आफैमा ऐतिहासिक स्थल जहाँ विश्वका विभिन्न राष्ट्र जस्तै भारत डे, चाईना डे , जापान डे, अफ्रिकन डे बर्सेनि मनाउने गरिन्छ !जसले गर्दा यो कार्यक्रमको आफ्नै महत्व रहेको बताइन्छ! उक्त कार्यक्रमले नेपालको संस्कृतिक, पर्यटन, बेपार प्रबर्धन छेत्रमा उच्चतम योगदान दिनेमा दुई मत छैन ! छुट्टी मनाउनेका लागि नेपाल एक प्रमुख गन्तब्यको रुपमा क्रमिक बिकाश हुनेछ !

आयरल्याण्ड तथा बेलायतका लागि महामहिम राजदुत डा दुर्गा बहादुर सुवेदी भन्नुहुन्छ, यस्ता कार्यक्रमले दुई देशको सम्बन्धलाई अझ उच्चाईमा पुर्याउने छ ! यो सरकारी स्तरमा कुटनीतिक बिकाशमात्र नभईकन दुवै देशका जनस्तरमा समेत नागरिकहरुको सम्बन्धको अरु थप प्रगाढ बिकाश भै अरु सम्भावनाका ढोकाहरु खुल्ने बताउनु भएकोछ!

 

नेपाल आयरल्याण्ड डे का सम्बन्धमा, कार्यक्रम संयोजक,नेपाल आयरल्याण्ड समाजका अध्यछ, पर्यटन दुत तथा ENCC अभियानका प्रमुख संयोजक दिपेशमान शाक्य भन्नुहुन्छ; यो बार्षिक रुपमा हुदै आएको कार्यक्रममा नेपाल आयरल्याण्ड समाजको ठुलो प्रभाबकारी भूमिका रहेको र जसले नेपाल आयरल्याण्ड दुई देश  सम्बन्धलाइ अझ उजागर गरेको बताउनु  भएको छ ! शाक्य अगाडी भन्नुहुन्छ, नेपाल आयरल्याण्ड समाज जो सक्रिय रुपमा दुई देशको ठोस सम्बन्ध बिकाश गर्न बिबिध अतिरिक्त कार्यक्रमका साथ अघि बढेको र दुई देश बीच उच्च स्तरीय भ्रमण गराउन अरु पहल गर्दै शिक्छ्य , स्वास्थ, प्रबिधि अनुसन्धान, बेपारका छेत्रमा पनि सम्बन्ध अगाढी बढाउन लागि पर्ने बताउनुभयो!

तेस्तै गरि गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यछ नवराज कोइरालाले नेपाल आयरल्याण्ड डे, नेपाल र आयरल्याण्ड सम्बन्ध विकाशमा एउटा कोशेढुंगा साबित हुने बताउदै निरन्तर हुदै आयको एस कार्यक्रमा एन आर एन आयरल्याण्डले सक्रिय भूमिका निर्बाह गर्दै यसलाई सफल बनाउन कटिबद्ध भएर लाग्ने  बताउनुभयो! समुदाय बीच प्रभाकारी विभिन्नखाले कार्यक्रम गर्दै आयको एन आर एनले सबै संघ संस्थालाइ साथ लिएर अगाढी बढ्दै यो कार्यक्रम सफल बनाउने बताउनुभयो! तेस्तै बेपार प्रबर्धन र नेपाल लगानीका छेत्रमा समेत उक्त मेगा कार्यक्रममा समेटिने बताउनुभयो!

 

स्मरण रहोस , नेपाल आयरल्याण्ड समाजले निरन्तर रुपमा नेपाल आयरल्याण्ड डे, OPW को सहयोगमा २०१३ देखि गर्दै आएकोछ !

सबैको उत्सुकताको बिषय रहने गरेको एस नेपाल आयरल्याण्डडे  कार्यक्रममा १५०००( पन्ध्र हज्जार ) जत्तिको स्थानिए जन सहभागिता हुने अपेछा गरिएको छ !



यसमा तपाइको मत